हेर्नुस आजको विनिमयदर

  •   काभ्रे
  •   ३ असार २०७७, बुधबार
  •   खबर न्युज नेपाल

काठमाडौँ


असार ३ गते बुधबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२२ रुपैयाँ २४ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५७ पैसा रहेको छ।त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ३९ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५३ रुपैयाँ ७९ पैसा छ भने बिक्रीदर मूल्य १५४ रुपैयाँ ५५ पैसा छ।