आजबाट लागू हुनेगरि नेपाल आयल निगमले डिजेल ,पेट्रोल र मट्टीतेलमा मृल्यवृद्धि

  •   काभ्रे
  •   १७ असार २०७७, बुधबार
  •   खबर न्युज नेपाल

काठमाडौं


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ भाउ बढाइएको छ । यस्तै, डिजेल मट्तिेलमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ वृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले मूल्य बढाएको सूची पठाएपछि आयल निगमले पनि भाउ वृद्धि गरेको हो ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमको भनाई छ । आज देखि नयाँ भाउ लागू हुने जनाएको छ ।