अभूतपूर्व आर्थिक सङ्कटले अर्थतन्त्रमा गम्भीर असर :-सागर अधिकारी

  •   काभ्रे
  •   २५ जेष्ठ २०७७, आईतवार
  •   खबर न्युज नेपाल

सागर अधिकारी

बेथानचाेक २

कोरोना भाइरस: महामारीले नेपाली अर्थतन्त्रका क्षेत्रमा हुने घातक असर

विश्वव्यापि रूपमा फैलिएकाे काेभिड -१९ काेराेना  भाईरसका कारणले नेपाल लगायतका अन्य देश लकडाउनकाे बन्दाबन्दीमा रहेकाे छ । यो अबधिमा समग्र सामाजिक,आर्थिक र राजनीतिक गतिबिधि लगभग ठप्प छन ।नेपाल भिजिट वर्ष २०२०  भनिए पनि काेराेनाकाे प्रकाेपले पर्यटन , साना तथा मझौला  उधोग ,हाेटल व्यवसायी वित्तीय क्षेत्र लाई ठुलाे मर्का परेकाे देखिन्छ  ।नेपाली कामदार वैदेशिक रोजगारीमा जाने क्रम घटेपनि नेपाल भित्रने रेमिटान्स भने बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार देशमा दैनिक २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रेमिटान्स भित्रने गरेको छ


चालू आर्थिक बर्षको ८ महिनामा कुल ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ । जुन रकम अघिल्लो बर्षको सोही अबधिको तुलनामा २३ दशमलव ४ प्रतिशत बढी हुन आउँछ तर याे सबै अाउने बाटाे काेराेना महामारीले ठप्प भएकाे देखिन्छ । विज्ञहरूकाे भनिई अनुसार  अार्थिक विकासमा विकसित मुलकमा परेकाे असर देख्दा नेपाल जस्ता अन्य देशमा अार्थिक संकट  न्युनिकरण गर्न ४-५ वर्ष लाग्ने   बुझुन्छ ।यसको चौतर्फी असर नेपाली अर्थतन्त्रमा पर्छ।”
मेरो अनुमानमा असार मसान्तसम्मको वर्तमान आर्थिक वर्षमा नै विशेषणको आय २० देखि २५ प्रतिशत वा दुई खर्ब रुपैयाँसम्म घट्न सक्छ।”दशौँ हजार मानिस बेरोजगार हुन सक्छन्,”
अर्को सकारात्मक साेचाइले ले हेर्ने हो भने यसमा थोरै आशाका किरण पनि देखिन्छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरस महामारीले संसारभरको अर्थब्यवस्थालाई संकटमा पुर्‍याएकोमुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिवाले बताएकी छिन। सिंगो संसारका लागि अहिलेको अवस्था १२ वर्षअघिको विश्व वित्तीय संकट (२००८) भन्दा पनि खराब भएको मुद्रा कोषले उल्लेख गरेको छ।मुद्रा कोषले अहिलेको संकटलाई ‘मानवताका लागि अन्धकारमय समय’ भनेको छ।

“सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटका बेला पनि हामीलाई डर लागेको थियो। तर धेरै असर परेकाे देखिएन । यसको एउटा कारण भनेको अधिकांश नेपालीहरू अत्यावश्यक मानिने क्षेत्रमा कार्यरत छन्। जस्तै – सुरक्षागार्ड, खेतीपाती, सरसफाइ, किनमेलका पसल अनि आपूर्ति प्रवाह।”

सङ्कटका बेला पनि यी सेवा चाहिन्छन् र रोजगारी जोगिन सक्छ,तर कैयौँ नेपाली होटल तथा रेस्टुराँमा पनि छन् जुन समस्यामा पर्न सक्छन्। यस्ता क्षेत्रमा काम गर्ने मानिस स्वदेशनै फर्किए भनेपनि तिनमा दक्षता हुन्छ र तिनले अर्थतन्त्रलाई फाइदा दिन सक्छन्,यसको मनोवैज्ञानिक खतरालाई भने म पनि स्वीकार गर्छु। । अबको दिनमा मानिसहरू विदेशमा बस्न उत्सुक नहुन सक्ने र १० देखि १५ प्रतिशत मानिस घर फर्किन सक्ने मेरो अनुमान छ ।
यस पटक सरकारले यो कुल परिमाणलाई सात प्रतिशतले बढाउने लक्ष्य राखेको थियो।तर कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले निम्त्याएको ‘लकडाउन’ले झन्डै दुई महिनादेखि आर्थिक गतिविधि ठप्प छ। अझै कति समयसम्म यो स्थिति लम्बिने हो ठेगान छैन।अभूतपूर्व यो सङ्कटले अर्थतन्त्रमा अहिले नै गम्भीर असर पारिसकेको छ। यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जानेछन्।
यसको असरबाट कुनै  देश र कुनै  क्षेत्र पनि अछुतो छैन जस्ताे लाग्छ ।